१० जेष्ठ २०७३, सोमबार

मोबाइलमा अश्लिल भिडियोराजधानीका १२ वर्षे एक बालकलाई जब वयश्क छिमेकीले मोबाइलमा अश्लिल सिनेमा देखाए, उनको बालमस्तिष्कमा त्यसको गहिरो छाप पर्यो ।

त्यसबाट मस्तिष्कमा जन्मिएको जिज्ञासाले अन्ततः उनलाई जघन्य अपराधतिर डोहोर्यायो । त्यही सिनेमाको दृश्य अन्जानमा एउटी बालिकासँग दोहोर्याउँदा ती बालक प्रहरी फन्दा परे ।

अहिले तिनी बालअपराधीका रुपमा भक्तपुर, सानोठिमीस्थित बालसुधार गृहमा सजाय काटिरहेका छन् । कास्की, सराङकोटस्थित बालसुधार गृहमा राखिएका अर्का १३ वर्षे बालकको कहानी पनि फरक छैन । प्रविधिका कारण सर्वसुलभ भएका अश्लील सामग्रीकै कारण उनी पनि अन्जानमा अपराधि बन्न पुगे । आजको नागरिक दैनिकमा खबर छ ।

LIVE TV