१० जेष्ठ २०७३, सोमबार

eyeबुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ। जाँचका लागि तयार हुनू ।’

कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले अगाडि लेख्छन्- धमिलो बनेको संसार छर्लङग देख्न पाइने आशा बोकेर उनी गत वर्ष जेठ २८ गते सरस्वती माविको शिविरमा पुगे। प्रारम्भिक जाँचका क्रममा उनको बायाँ आँखामा मोतीबिन्दुको संक्रमण देखियो।

सामुदायिक आँखा उपचार तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम बाँकेअन्तर्गतको टोलीले उनलाई शल्यक्रियाका लागि वीरेन्द्रनगर बोलायो। आँखा खुल्ने भएपछि तुलबहादुरमा खुसीको सीमा रहेन । आँखा अस्पतालमा शल्यक्रिया गरेको तीन दिनपछि उनी घर फर्किए ।

पाँच दिनपछि पट्टी खोलियो। ‘टाउको दुख्ने, रिंगटा लाग्ने समस्याले गर्दा बेहोस हुन थालेपछि आत्तिँदै भोलिपल्टै शिविरमै पुगेँ,’ ६९ वर्षीय तुलबहादुरले भने, ‘अप्रेसनको लापरबाहीले ज्योति गुमेछ। आँखा फुटेछ।’

नेपालगन्ज मेडिकल कलेजका डा. प्रदीप बास्तोला नेतृत्वको टोलीले तुलबहादुरसहित ८५ जनाको शल्यक्रिया गरेको थियो । शल्यक्रिया विफल भएका १७ जनालाई सुर्खेत आँखा अस्पतालले कैलालीको गेटा अस्पतालमा रिफर पनि गर्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV