१० जेष्ठ २०७३, सोमबार

बजेट निकासा दिन माग गर्ने जिविसहरुको भीडमा ‘अब बजेट चाहिँदैन’ भन्ने जिविस पनि देखिएको छ, बाँके।

bandaराजधानीमा रहेका बाँकेका एलडिओ जीवलाल भुसालले आफ्नो जिल्लामा सबै योजनाहरू सम्झौता भइसकेका र अधिकांश आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको बताएको खबर आजको कारोबारमा छापिएको छ।

तराई बन्द हुँदा समेत आफ्नो जिल्लामा ठेक्का प्रक्रिया, लगत स्टिमेट, उपभोक्ता समिति गठन गरेका कारण काम गर्न सम्भव भएको भुसाल बताउँछन्।

‘बाँकेमा कुनै पनि योजना सम्झौता गर्न बाँकी छैन। ९५ प्रतिशत आयोजना निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा छन्,’ उनले भने,‘ ५ प्रतिशत पनि दुई हप्ताभित्र सम्पन्न भएर हस्तान्तरण भइसक्छन्। आर्थिक वर्ष सकिन एक साता बाँकी छँदा थप निकास आएर खर्च गर्न सकिन्न। हामी असक्षम हुन चाहन्नौ।’

LIVE TV