९ जेष्ठ २०७३, आईतवार

वीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचारलाई आवश्यक पर्ने बिभिन्न मेसिनहरु नहुँदा बिरामीले निजी क्लिनिकमा गैर चर्को मुल्य तिर्न बाध्य भएका छन् । स्वास्थ्य मन्त्री रामजनम चौधरीले पनि  बिपी कोइराला क्यान्सर अस्पतालको ब्यबस्थापन कमजोर भएको बताउनु भएको छ ।

अस्पतालको ब्यबस्थापन कम्जोर बन्दा अनुदानमा  आएका कयौ उपचारका महत्वपूर्ण मेसिनहरु पनि सदुपयोगमा आउन सकेको छैन । चीन सरकारले दिएको उपचारको लागि महत्व पूर्ण मानिने करौडौको  सिटीस्क्यान एमआरआईका मेसिनहरु त्यतिकै पार्किंगमा थन्क्याइएको छ । बिरामीहरु भने अस्पतालमा म्यामोग्राम सिटी स्क्यान एमआरआइ जस्ता सेवाको लागि निजी स्वास्थ्य संस्थामा चर्को मुल्य तिर्न बाध्य छन् ।

केहि दिन अगाडि मात्र चीन सरकारले करौडौको सिटि स्क्यान एमआरआइ लगायतका मेसिनहरु अनुदान दिएको जानकारी गराउंदै मन्त्री चौधरीले अनुदानका मेसिन हरु पनि  सदुपयोग नगर्दा बिरामीले सास्ती खेप्नु परेकोले अस्पतालको ब्यबस्थापन पक्ष कमजोर भएको औल्याउनु भयो ।

अहिले क्यान्सर अस्पताल मा म्यामेग्राम मेसिन जुन स्तन क्यान्सर पत्ता लगाउन सहयोग पुग्छ त्यो मेसिन पनि बिपी क्यान्सर अस्पतालमा बिग्रिएको अवस्थामा  छ । सिटि स्क्यान र  एमआरआइ सेवा संचालन नहुँदा बिरामी निजी स्वास्थ्य संस्था मा चर्को मुल्य तिर्न बाध्य छन् । रेडियोथेरापीका  ५ वटा मेसिन मध्ये २ वटा बिग्रिएको छ ।

एउटा ब्राक्री  थेरापी जसले गर्दा पाठेघरको मुखको क्यान्सलाई रेडियसन शोर्षलाइ शरीर भित्र पठाएर उपचार गरिन्छ जुन उपचारको लागि प्रयोग हुने मेसिन पनि बिग्रिएर थन्किएको छ । प्याथोलोजीमा रिएजेन्ट ट्युमर मार्कर नुन को मात्रा पत्ता लगाउन प्रयोग हुने केमिकल हरु पनि अस्पतालमा छैन ।

क्यान्सरको उपचारमा प्रयोग हुने यस्ता महत्पूर्ण सेवा नहुँदा सर्बसाधारणहरु निजी संस्थामा गएर चर्को मुल्य तिर्न बाध्य छन् । अस्पताल जस्तो सम्बेदनशील संस्थाको ब्यबस्थापन पक्ष कम्जोर बन्नु गैरजिम्मेवारीपन हो ।

 

LIVE TV