९ जेष्ठ २०७३, आईतवार

mm

छोइनसक्नु छ बजार । छोए ढाड सेक्ने मूल्य चुकाउनु पर्छ । गरीब देशका नागरिकहरुले  महंगोमा खरीद गर्ने हैसियत बनाउनु पर्दा सबैको आर्थिक अवस्था डामाडोल बन्दै गएको छ । दक्षिण एशियामा नै सबैभन्दा महंगो देशको रुपमा उभिदै गर्दा आम नागरिक यही महंगीले मन भत्भती पौल्दै चुलोचौको बाल्न विवश छ्न । किन यसरी महंगियो नेपाली बजार ? जवाफ कतैबाट नपाउदा बजार वेलगाम घोडा झै आफ्नै रफ्तारमा मस्त छ ।

दैनिक रुपमा प्रयोग हुने उपभोग्य बस्तुहरुको मूल्य आकासिदाँ  आम उपभोक्ताहरु मारमा परेका छन् । दैनिक रुपमा प्रयोगमा हुने दाल,चामल ,तरकारी,मैदा,फलफूल लगायतका  सामग्रीहरु महगो हुदा उपभोक्ता मार परेका हुन । बजारमा दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासिदाँ पनि बजार अनुगमन गर्ने निकायहरु भने निस्कृय रहेको हुदाँ बजार भाउँ बढेको उपभोक्तावादी सस्थाहरुको जिकिर रहेको छ । भारतको नाकाबन्दी फिर्ता भएको ५ भइसक्दा पनि बजारमा दैनिक उपभोग्य सामग्रीहरुको मूल्यमा नाकाबन्दीको वेलाको प्रभावको झल्को देखिन्छ । नाकाबन्दीको समयमा नाफा खान पल्केका ब्यापारीहरु  नाकाबन्दी हट्दा पनि महङो मूल्यमा सामान बिक्री गरिरहेको छन ।

बजारमा  ग्यास,चामल, तेल, खाद्यान्न,तरकारीजन्य बस्तु र फलफूल लगायतको सामग्रीको मूल्य अकासिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मुद्रा स्फितिको अध्ययन र बजार भाउँ बीच निकै फरक रहेको अवस्था छ । नेपाल राष्ट्र बैकका प्रवक्ता त्रिलोचन पँगेनीका अनुसार बजार महङो हुनुको कारण अझै आपूर्ति ब्यवस्थापन सहज नहुनु नै हो  । उहाँले मूल्य बृद्धिको नियन्त्रण सरकार र नीजि क्षेत्र दुवैको सहकार्यमा गर्न सकिने पनि प्रष्ट पार्नुभयो ।

नाकाबन्दीको समय देखि नै मूल्य बृद्धि र कालोबजारीको कारण सास्ती भोग्दै आएका उपभोक्ताहरुले नाकाबन्दी हटेको लामो समय भइसक्दा पनि मूल्य बृद्धिको मार खेप्नु परेको बताउछन ।

बजारमा सरकारको अनुगमनकारी निकायको उपििस्थति नभएको कारणले गर्दा पनि ब्यापारीहरुले मनपरी तरिकाले दैनिक उपभोग्य बस्तुहरु महङोमा बिक्री गरेको उपभोक्तावादी सस्थाका प्रतिनिधिहरुको ठम्याई छ । बजार अनुगमनको जिम्मा लिएका सरकारी निकाय बाणिज्य तथा आपूर्ति ब्यवस्थापन बिभाग, गुण नियन्त्रण बिभाग, आयल निगम जस्ता निकायहरु रमिते जस्ता देखिएका छन । तर साना तथा किराना ब्यापारीहरुले बजारमा आफुहरुले मूल्य बृद्धि नगरेको तर ठुला ब्यापारी तथा उद्यमीहरुले गरेको मूल्य बृद्धिको कारण साना र निम्न ब्यापारीहरु मारमा परेको जिकिर गर्छन ।

बजारमा देखिएको यो वेथिति रोक्न सरकारले पहल नगरे जनता थप मारमा पर्ने निश्चित छ । भाषण नभई राशनका भोका जनतका लागि गफ नभई काम गरेर देखाए सरकारले नै ताली पाउने निश्चित छ ।

 

LIVE TV