९ जेष्ठ २०७३, आईतवार

यस बर्षको युगकवि सिद्धिचरण पुरस्कार २०७३ वरिष्ठ साहित्यकार तथा सिक्किम प्रदेश, भारतको  मुख्यमन्त्री पवन चामलिङलाई प्रदान गरिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औ जन्मजयन्तीका अवसर पारेर आइतबार सिद्धिचरण प्रतिष्ठानद्धारा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री चामलिङलाई सम्मान गर्नुभएको हो । सम्मानका क्रममा प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा चाम्लिङको योगदानलाई कदर गर्न पाउनु नेपालीको सौभाग्य भएको बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री चामलिङ उपस्थित हुन नसकेपछि उहाँका प्रतिनिधि बीरु वाङदेललाई प्रधानमन्त्री ओलीले सम्मानपत्रसहित रु १ लाख नगद हस्तान्तरण गर्नुभएको थियो । नेपाली साहित्य र सस्कृतिप्रति अमुल्य योगदान पु¥याएबापत चामलिङलाई सम्मान गरिएको युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

LIVE TV