९ जेष्ठ २०७३, आईतवार

wall2-2

कतिपय अग्ला व्यापारिक भवन, व्यक्तिका घर  र पर्खाल गत वर्ष गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पले ढलेर सर्वसाधारणको अकालमा ज्यान लिएको थियो । त्यहि कुरालाई मध्यनजर गर्दै स्थानीय विकास मन्त्रालय र महानगरपालिकाले अग्ला पर्खाल नबनाउन आग्रह गरेपनि त्यसको सुनुवाई कहिकतैबाट भएको छैन् । एक वर्ष अघि दिइएको निर्णयलाई कुटनीतिक भवन, सरकारी कार्यालय, लगायतले  पालना नगरिरहेको बेला सर्वसाधारणले त झन पालना गरेकै छैनन् । त्यसैले त पर्खालले मानिसको जीवन असुरक्षित बनाइरहेको छ ।

काठमाडौंमा अवस्थित केहि राजदुतावासहरुले भने जनताको ज्यान धरापमै राखी अग्लो पर्खाल नभत्काई सरकारी मापदण्डको अपहेलना गरिरहेका छन् । राजधानीमा भएका अग्ला पर्खालले नागरिकको ज्यान जोखिममा पार्नुका साथै सहरलाई नै कुरूप बनाइदिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकामा मापदण्ड पूरा नभएका पर्खालहरु भत्काउने प्रयास थालेको थुप्रै समय भयो ।

काठमाडौंका केहि ठाउँका पर्खाल भत्काएर केहि ठाउँका सडक फराकिलो पारेपनि अधिकांश विदेशी दुतावासको पर्खाल भने भत्काईएको छैन भने सरकारको यो अभियानले गति लिन सकेको छैन । भारतीय दुतावासको पर्खालसंगै अर्को भीमकाय पर्खाल रहेको छ र संगै छ ब्रिटीस राजदुतावासको पर्खाल पनि  ।  यहि दुई पर्खालको बिचमा पहिले नै देखि मानिसहरु आवत जावत गर्ने गदर्छन् भने एकोहोरो बाटो भएपनि सवारी साधनहरु चलि नै रहन्छन् यहाँ ।

काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयले नयाँ नक्सापास गर्दा पनि ४ फिट भन्दा बढि पर्खालको नक्सा पास नहुने भएकाले बढि पर्खाल भएकालाई पनि पर्खाल घटाउनका लागि निर्देशन दिएतापनि त्यसलाई कार्यान्वयन नगर्नेलाई कारवाहीको दायरामा ल्याइने उपत्यका विकास प्राधिकरणका आयुक्त तथा शहरी योजना तथा मापदण्ड परिमार्जनसम्बन्धी सिफारिश समितिको सदस्य भाइकाजी तिवारी बताउनु हुन्छ ।  अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शहरीकरणका लागि नीति ल्याउन लागिएको बताउँदै उहाँले पर्खालको विषयलाई सरकारले पनि सोचिदिनुपर्ने र यसलाई उचित महत्व दिनुपर्ने उल्लेख गर्नुभयो ।

देख्दैमा डरलाग्दो देखिने यो पर्खाल बैशाख १२ को भुकम्पले चर्काएको थियो । अझै पनि भत्काउने कुनै सुरसार छैन यहाँ । सरकारले प्रतिबद्धता व्यक्त गरेपछि त्यसलाई कार्यान्वयन गर्न पनि कुनै कसर बाँकी राख्नु हुन्न । यही कार्याव्यनको प्रतीक्षमा छ यी पर्खाल र पदमार्गीहरु ।

 

LIVE TV