९ जेष्ठ २०७३, आईतवार

People gather at the site of a car bomb attack in Baghdad's mainly Shi'ite district of Sadr City, Iraq, May 17, 2016. REUTERS/Khalid al Mousily

बग्दाद, इराकको राजधानी सहर बग्दादको नजिकै इस्लामिक स्टेट समूहले गरेको बम विस्फोटमा परी १३ जना सर्वसाधारणको ज्यान गएको समाचार छ ।
उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ । सो समाचारमा दिइएअनुसार आइतबार बिहान आइएसले एक बजारस्थलमा विस्फोट गराएका थिए ।

उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ ।

राजधानी नजिकैको एक नगरमा सो विस्फोट गराइएको थियो । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ ।

यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा परी कम्तीमा पनि १८० जनाको ज्यान गइसकेको छ ।

इराकमा पछिल्लो समयमा आईएसले हमला गर्ने गरेको छ । इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ ।

गत हप्तामात्र पनि सो स्थानमा ट्रकबम विस्फोट गराई ३८ को हत्या गरिएको समाचारमा जनाइएको थियो । त्यसमा परी अरु दर्जनौँ व्यक्ति गम्भीर रूपमा घाइते भएका थिए ।

बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो । गत हप्ता पनि सोही क्षेत्रमा यस्तो विस्फोट गराइएको थियो ।

सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । रासस÷एपी

 

LIVE TV