९ जेष्ठ २०७३, आईतवार

chand

बैतडी, वाणिज्य मन्त्री जयन्तबहादुर चन्दले देशको युवाशक्ति विदेश पलायन भइरहेकाले स्वदेशमै रोजगारीका सम्भावना सरकारले खोजीरहेको बताउनुभएको छ ।

मन्त्री चन्दले रासससँग कुराकानी गर्नुहँुदै देशका प्रत्येक ठाउँमा प्रशस्त सम्भावना रहेकोले युवा शक्तिका लागि नेपालमै रोजगारी खोजिने बताउनुभएको हो । सुदूरपश्चिममा जडीबुटी उद्योगको प्रशस्त सम्भावना रहेको भन्दै उहाँले उद्योग स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभयो ।

“धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्छु,” उहाँले भन्नुभयो । भारतसँगको व्यापार प्रवद्र्धनका लागि झुलाघाटमा पुल निर्माण आवश्यक रहेको भन्दै मन्त्री चन्दले पहल गर्ने आश्वासन दिनुभयो । बाह्य देशसँगको व्यापार प्रवद्र्धन गर्नका लागि वाणिज्य नीतिमा सुधार गरेर सरकार अगाडि बढिरहेको उहाँको भनाइ छ ।

पर्यटकलाई आकर्षित गर्नका लागि पाटनस्थित विमानस्थल सुचारुका लागि पहल गर्ने उहाँले बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै मन्त्री चन्दले मधेसवादी दलहरुले गरेको आन्दोलनलाई वार्ताबाटै समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । रासस

 

LIVE TV