९ जेष्ठ २०७३, आईतवार

air attack

पुल ई खुम्री (अफगानिस्तान) – अफगानिस्तानको बघलान प्रान्तको बघलान ई मार्काजी जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी शनिबार साँझ सरकारको तर्फबाट भएको हवाई आक्रमणमा कम्तीमा आठ तालिवान आतङ्ककारी मारिएका छन् ।

उक्त प्रान्तका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले आइतबार सो जानकारी दिनु भएको छ । तालिवानको आखाडालाई लक्ष्यगरी शनिबार साँझ गरिएको सो आक्रमणमा आठ आतङ्ककारी सोही स्थलमा मारिएका सिजाले समाचारदाताहरुलाई बताउनु भएको छ ।

यस विषयमा तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । उत्तरी बघलान प्रान्तको बघलान इ मार्काजी, दान्द ई गोरी र दान्द इ साहाबुदिन जिल्लामा यसै बर्षको सुरुदेखि सरकारी सुरक्षाबल र तालिवान आतङ्ककारी समूहबीच द्वन्द्व जारी रहेको छ । रासस ÷सिन्ह्वा

 

LIVE TV