९ जेष्ठ २०७३, आईतवार

भीमदत्तनगर। कञ्चनपुरका जुनियर ब्याडमिन्टनका खेलाडीहरुलाई अमेरिकाबाट खेलकुद सामग्री सहयोग स्वरुप प्राप्त भएको छ ।

धनगढी घर भई हाल अमेरिकामा रहेका ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले पछिल्लो समय देशकै तुलनामा कञ्चपुरमा नयाँ प्रतिभावान् खेलाडीहरु उत्पादन हुँदै गइरहेको प्रति खुसी व्यक्त गर्दै खेलकुद सामग्री उपलब्ध गराउनु भएको हो ।
शनिबार ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले अमेरिकाबाट उपलब्ध गराएको १० डिब्बा सटलकर्क एक कार्यक्रमका बीच जुनियर ब्याडमिन्टन खेलाडीलाई वितरण गर्नुभएको ब्याडमिन्टनका स्वयम्सेवक प्रशिक्षक विवेक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि पनि पनेरुले रु १० हजार नगदका साथै अन्य खेलकुद सामग्रीसमेत सहयोग प्रदान गर्नु भएको थियो । रासस

LIVE TV