९ जेष्ठ २०७३, आईतवार

भक्तपुर । भक्तपुरमा दोस्रो संविधानसभाको निर्वाचनपछि १२ हजार ७०५ मतदाता थपिएका छन् ।

जिल्लामा २०७० सालको संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ जना मतदाता रहेकामा हाल १२ हजार ७०५ जना मतदाता थपिएर कुल एक लाख ६२ हजार २६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो ।

वृद्धि भएको मतदाता सङ्ख्यामा महिला छ हजार ३९७ तथा पुरुष छ हजार ३०८ जना रहेका छन् । २०६७ सालदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा र त्यसअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयमा दैनिक मतदाता नामावली सङ्कलन हुने गरेकोे छ ।

भक्तपुरमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । यहाँ महिला मतदाताको सङ्ख्या ८२ हजार ३६५ र पुरुष मतदाताको सङ्ख्या ७९ हजार ८९८ जना राईले बताउनु भयो । रासस

LIVE TV