
गणेश पाण्डेय, युरोप।
२५६० औं बुद्ध जयन्ती समारोह तथा शान्ति पदयात्राले शनिबार पोर्चुगलको राजधानी लिस्वोन नै बुद्धमय भयो। ओम् माने पेमे होम् को संगीतसंगै शान्ति पदयात्रा यति सभ्य, शालीन र भब्य थियो कि, सायद यो कार्यक्रम पोर्तुगलमा सम्पन्न अहिले सम्मकै उत्कृष्ट हुनुपर्छ, यस अर्थमा कि कार्यक्रममा खादा, माला र आशन रहित थियो भने भाषण छोटो, मिठो र स्वागत अनि शुभकामना संदेश को थियो, सायद पोर्तुगलवासी नेपालीहरु सकारात्मक र बिकासशिल सोचमा एक कदम अगाडी बढेको होलान भन्ने आभाष हुन्थ्यो।
लिस्बोनका लागि नेपाली अवैतानिक वाणिज्यदुताबास को संयोजन र पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघ संस्थाहरुको सहकार्यमा आयोजित बुद्ध जयन्ती तथा शान्ति पदयात्रामा नेपालीहरुको साथै स्थानीय पोर्चुगीस नागरिकको पनि उल्लेख्य सहभागिता रहेको थियो । लिस्वोनको प्रमुख पर्यटकीय केन्द्र प्रासा दि कमर्सियोबाट शुरु भएको शान्ति पदयात्रा रोसियो हुदै प्रासा दि फिगेइरामा अन्त्य भएको भएको थियो। नेपालको राष्ट्रिय झन्डा सहित उपस्थित सयौ नेपालीहरु नेपालको मौलिक राष्ट्रिय भेषाभुषामा सजिएका थिए भने साथमा पोर्चुगीस राष्ट्रिय झण्डा, बुद्ध सम्बन्धी लेखिएका प्ले कार्ड का साथै बुद्ध र उनका ज्ञान सम्बन्धि पर्चाहरु पनि वितरण गरिएको थियो। । यात्रामा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु आ-आफ्नो संस्था को ब्यानर सहित सहभागी भएका थिए थिए भने बिभिन्न स्थानीय वेब मिडियाका पत्रकारहरु , ब्यबसायी, बुद्धिजीवी, बालबालिका तथा ठुलो संख्यामा पोर्चुगिसहरु पनि सम्मिलित भएका थिए |
सुरक्षाकर्मीहरुको मोटर बाइक तथा पैदल स्क्र्टिंग संगै रयाली ले शहरको प्रमुख पर्यटकीय स्थानको परिक्रमा गर्दैगर्दा स्थानीय पोर्तुगिज र पर्यटकहरुले आश्चर्य को साथै आनन्द पनि अनुभव गरेका थिए। बुद्धको जन्मभूमिका बारेमा अनर्गल प्रचार भईरहेका बेला संसार यस्ता खाले कार्यक्रम ले सहि सन्देश प्रवाह गर्ने जिकिर लिस्वनका लागि अवैतनिक वाणिज्य दुत मकर बहादुर हमालले गर्नुभयो | कार्यक्रम सभ्य र भब्य भएतापनि आयोजकले एक पनि स्थानीय पोर्तुगिज संचार माध्यम लाई सम्मिलित गराउन सकेन, जसले गर्दा यस्ता कार्यक्रम बिदेशी संचार माध्यम मार्फत बिदेशिमाझ नपुग्दा औचित्यहीन हुन्छन।
त्यसैले आगामी दिनमा नेपाल र नेपाली को पर्यटन र संस्कृति संग सम्बन्धित कार्यक्रम गर्दा बिदेशी संचार माध्यम सम्म पुग्नु नै आजको टड्कारो आवश्यकता हो, आयोजकहरुको यसतर्फ बेलैमा ध्यान जाओस।