९ जेष्ठ २०७३, आईतवार

काठमाडौं । सुविधानगरमा सानो ठेला राखी चटपटे बनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए ।

pani-puri-big-image-4-wandering-sasquatch_1425986844_725x725

‘जतिसुकै भाउ नबढाउँ भन्दा पनि सकिएन,’ उनले भने, ‘चटपटे र पानीपुरी बनाउने सामानको भाउ धान्न नसक्ने भएपनि सुखै पाईन ।’

वर्षमा रातो आलु प्रतिकेजी १ सय ४० प्रतिशत, भोलभेँडा ७७ प्रतिशत, मसुरो दाल ६४ प्रतिशत, कुखुराको मासु ६० प्रतिशत र अण्डा ४० प्रतिशतले मूल्य बढेको छ । दक्षिण एसियामा नै नेपालको वृद्धिदर यो उच्च हो । कान्तिपुर दैनिकमा खबर छ ।

 

LIVE TV