८ जेष्ठ २०७३, शनिबार

Accident11

तिलोत्तमा (रुपन्देही), देवदह नगरपालिका–११ नजिकै गणेश प्रतीक्षालय अगाडि आज भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना यात्रु घाइते भएका छन् ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक कवीन्द्र बमका अनुसार बर्दघाटबाट बुटवल आउँदै गरेको लु१ख ३३८९ नंको माइक्रो बस र बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ६५५२ नंको मिनी बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी सुनवल–३ कीर्तिपुरकी २३ वर्षीया सविता पुन रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको देवदह मेडिकल कलेज र बुटवलमा उपचार भइरहेको छ । बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

 

LIVE TV