
काठमाडौं, फिल्म ‘गाँठो’को फस्टलुक सँगै गीत रीलीज भएको छ । आयोजीत एक कार्यक्रममा फिल्मका निर्माण पक्षले उक्त फिल्मको गीत सँगै फस्टलुक सार्वजनीक गरेका हुन् । फिल्म ‘गाँठो’लाई सुरज भुषालले निर्देशन गरेका हुन् ।
रीलीज गरीएको पोष्टरमा फिल्मका लीड कलाकारहरु नाजीर हुसेन,अभय बराल र नम्रता श्रेष्ठलाई देखाईएको छ । रीलीज गरीएको उक्त पोष्टरलाई नियाल्दा फिल्म अहिलेको नयाँ पुस्ताका लभस्टोरी मा आधारीत रहेको देखिन्छ । पोष्टरमा फिल्मका लिड तिन कलाकारहरुलाई आ आफ्नै लुक्समा प्रस्तुत गरीएको छ । बिषेश गरी फिल्मका लीड कलाकारको रुपमा रहेका नाजिरलाई पोष्टरमा किलर लुक्समा प्रस्तुत गरीएको छ ।
फिल्म ‘गाँठो’बट वाल ईन्टरटेन्मेन्टको ब्यानरमा तिलक बहादुर क्षेत्रिले निर्माण गरेका हुन् । फिल्मको पोष्टर सँगै गीत पनि रीलीज गरीएकोछ । रीलीज गीतमा नाजिर हुसेन,नम्रता श्रेष्ठ र अभय बरालको फिचरीङ रहेको छ । गीतलाई अनुपम शर्माले स्वरबद्ध गरेका छन् । गीतको शब्द तथा संगीत पनि गायक अनुपम शर्माकै रहेको छ ।
फिल्म ‘गाँठो’ पहिले भदौको २४ मा दर्शकमाझ प्रदर्शनमा आउने भनिएता पनि बिबिध कारण भदौको ३१ बाट मात्र हलमा लाग्ने भएको छ ।
फिल्मको फस्टलुक रीलीज कार्यक्रमका बिचमा अल नेपाल पेन्टिङ कम्पिटिशनको घोषणा पनि फिल्मका निर्माण पक्षले गरेका छन् ।
उक्त घोषित कम्पिटिशनहरु तिन लेभलका रहेका छन्ः
१.स्कुल लेभल
२.कलेज लेभल
३.र ओपन लेभल
फिल्मका निर्माण पक्षका अनुसार लेभल अनुसारका पेन्टिङहरु मुल्याङकन गरीने भएको छ । र उत्कृष्ठ पेन्टिङलाई अवार्ड प्रदान गरीने निर्माण पक्षले घोषणा गरेका छन् ।
कार्यक्रममा उपस्थित फिल्मका लीड कलाकार नाजिर हुसेनले सुटिङको क्रममा आफनो मागहरु निर्माण पक्षले सजिलै पुरा गरी दिएको बताए । त्यस्तै फिल्मकी नायिका नम्रता श्रेष्ठले पनि उक्त फिल्म युनिटको तारीफ गर्दै डेब्यु फिल्म भए पनि सुटिङको क्रममा सबै आफ्ना मागहरु पुरा गरीदिएकाले कुनै अवरोध नआएको बताइन् ।
भदौको ३१ बाट हलमा लाग्दै गरेको फिल्म ‘गाँठो’ मा नाजिर हुसेन,अभय बराल,नम्रता श्रेष्ठ लगाएत कलाकारहरुले अभिनय गरेका छन् । ‘गाँठो’फिल्मको उक्त कार्यक्रमलाई निर्माण पक्षलाई फिल्मका कलाकारहरु र पत्रकारहरुले साथ दिएका थिए ।