८ जेष्ठ २०७३, शनिबार

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार ५ सय ४५ कारोबारबाट चार अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरका ६९ लाख ६१ हजार पाँच सय ७० कित्ता शेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १८ दशमलव ६९ प्रतिशत कम हो । गत साता १ सय ४९ कम्पनीहरुको कारोबार भएको थियोे । जस अनुसार २३ हजार २ सय २८ कारोबारबाट पाँच अर्ब २८ करोड ६० लाख ९१ हजार रुपैयाँ बराबरका ८४ लाख १४ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ दशमलव ९४ अंकले बढेर अन्तिम दिन १ हजार ४ सय ९९ दशमलव ३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४ दशमलव ९५ अंकले बढेर ३ सय २४ दशमलव ४४ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम ३३ करोड ३३ लाख रुपैयाँको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको शेयर संख्या चार लाख ३१ हजार कित्ताको आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ९ सय ८३ वटाको आधारमा सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

LIVE TV