८ जेष्ठ २०७३, शनिबार

zz

बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह आोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न २८ देशका बौद्ध भिक्षुहरुको सहभागिता छ ।

राष्ट्रपति भण्डारीले दीप प्रज्वलन गरेर सम्मेलनको उदघाटन गनुभएको हो । बौद्धधर्मका तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुहरुले बौद्ध वचन पाठ गरेका थिए ।

उद्घाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रिहरु, विभिन्न दलका सांसद र राजनीतिक दलका नेताको सहभागिता छ

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता छ ।

LIVE TV