८ जेष्ठ २०७३, शनिबार

मृत फेला

बैतडी, ८ जेठ । बाढीले बगाएर बेपत्ता भएकी एक महिला सात दिनपछि शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा सुनकुडा–३ उडिकी ३० वर्षकी झिमा ढांट रहेकी जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

ढांटको शव बैतडी जिल्लाको थलाकाँडा गाविस नजिकै सेती नदीको किनारमा फेला पारेकोे प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । मृतक ढांट गत शनिबार साँझ घट्ट गएको बेला कोलापानी खोलामा एक्कासि आएको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । रासस

LIVE TV