८ जेष्ठ २०७३, शनिबार

राजविराज । सप्तरीको बभनगाउँ कट्टी गाविस–५ स्थित तोपामा  करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

download (14)
मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय रामकृष्ण यादव रहेको प्रहरीले जनाएको छ । यादवको आफ्नै घरमा बिग्रिएको विद्युत् तारलाई मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

LIVE TV