८ जेष्ठ २०७३, शनिबार

सप्तरीको गोइठी गाविस–२ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
pokhari
मृृत्यु हुनेमा स्थानीय उपेन्द्र रजकको छ वर्षीय छोरा डम्बर रजक रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बालक घर नजिकै रहेको पोखरीमा खेल्दाखेल्दै डुबेको स्थानीयवासीले बताएका छन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो ।

LIVE TV