
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको ब्यापक दुरुपयोग गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

खुलामंचको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका थिए। चर्को घाममा सात आठ वर्ष उमेर बालबालिकालाई जुलसमा हिडाँएर नाच्न, गीत गाउन झन्डा पहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो।