७ जेष्ठ २०७३, शुक्रबार

नेपालमा अबैध रुपमा हातहतियार ओसारपसार मौलाएको र यसको ब्यबस्थापन सम्बन्धमा सरकारले ध्यान दिन नसकेको प्रति बहस शुरु भएको छ । अबैध हातहतियारको दुरुपयोग बढ्दै गएकोले समाजमा हिंशा फैलिन थालेको भन्दै ओमन फर पीस एण्ड डेमोक्रेसी नेपालले हातहतियार ब्यबस्थापन र चुनौतिका सम्बन्धमा एक अन्तक्रिया कार्यक्रम गरेको छ । रोल

काठमाण्डौमा आयोजित हातहतियार ब्यापार सम्बन्धि अन्तक्रिया कार्यक्रममा नागरिक अगुवा हिरण्यलाल श्रेष्ठले साना हातहतियारको तस्करी र प्रसारणले कमजोर मुलुकहरुको सुरक्षा र स्थिरतामाथि प्रतिकूल असर पर्दै गएको बताउनुभयो । उहाँले हतियारको अव्यवस्थाले राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा अपराध बढ्दै गएको दावी गर्नुभयो । उहाँले नियन्त्रणका लागि हातहतियार ब्यापार सन्धिमा सम्मेलित हुनु पर्ने बताउनुभयो । बाईट

कार्यक्रममा वक्ताहरुले नेपालमा हातहतियार सम्बन्धि ब्यबस्था फितलो भएको र जसले गर्दा हरेक क्षेत्रमा आतंक र अपराध बढ्न थालेकोले राज्यले हातयारको ब्यबस्थापन र अनुगमनमा ध्यान दिन आग्रह गरेका थिए ।

LIVE TV