७ जेष्ठ २०७३, शुक्रबार

Sherdhan-Rai

काठमाडौँ, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार संविधानको कुशलतापूवर्क कार्यान्वयन गर्न र समृद्ध राष्ट्र निर्माणका लागि गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।

भोजपुरे सेवा समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री राईले मधेसी मोर्चाको जायज मागको समाधानका लागि सरकार गम्भीर रुपमा लागिरहेको र त्यसका लागि वार्ताको वातावरण तयार भइरहेको जानकारी गराउनुभयो ।

नेपाली जनताको चाहना अनुरुपको संविधान जारी भइसकेकाले अब राजनीतिक दल र सम्पूर्ण नेपालीको एकताले मात्र जारी संविधान कार्यान्वयन हुन सक्ने भन्दै त्यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भोजपुरमा जन्मेर देशलाई योगदान दिनुभएका धनहर्क राई, चन्द्रकुमार घिमिरे, महेशराज दाहाल र दुर्जकुमार राईलाई समाजले सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष पासाङ दोर्जे शेर्पाले विकट जिल्लामा जन्मेर पनि देशका लागि योगदान पु¥याउने सबैलाई धन्यवाद दिँदै बाँकी दिनमा पनि सकारात्मक सोंचका साथ अघि बढ्नका लागि जिल्लावासीलाई आग्रह गर्नुभयो । रासस

 

LIVE TV