७ जेष्ठ २०७३, शुक्रबार

Espicial-Court

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबार सचिवालय पुनःनिर्माण समितिका तत्कालीन सदस्य सचिव मनिप्रसाद राईसहित चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयको भवन निर्माणका क्रममा मूल्य समायोजनको सूत्रमा गलत सूची प्रयोग गरी बिलभन्दा बढी भुक्तानी गरिएको देखिएकाले राईसहित तत्कालीन उपसचिव (लेखा) रामबहादुर केसी र तत्कालीन इन्जिनियर जगतबहादुर रानाभाटविरुद्ध बिगो रु ६८ लाख ७७ हजार २५० दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आफूहरुलाई गैरकानुनी लाभ पु¥याउने र सरकारलाई गैरकानुनी हानि पु¥याउने बदनियतका साथ भवन निर्माणमा संलग्न ठेकेदार कं गोरखा कन्ट्रक्सन कम्पनीलाई रु ६८ लाखभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा राई, केसी र रानाभाटमाथि सो रकम बिगोसहित मुद्दा दायर गरिएको आयोगलेले जनाएको छ ।

त्यसैगरी ठेकेदार कम्पनीले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजमाथि पनि बिगो त्यति नै कायम गरी माग दाबीसहित आरोपपत्र दायर गरिएको छ । रासस

 

LIVE TV