७ जेष्ठ २०७३, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएको छ। चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई यसले केही राहत मिल्ने भएको हो।

‘लोडसेडिङ घटाउन सहज अवस्था छैन,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘अहिले बल्लतल्ल साताको एक घन्टा घटाएका छौं । खोलामा पानीको बहाव अझै बढ्यो भने केही दिनमै फेरि घटाउने तयारी छ।’

प्राधिकरणले शुक्रवारदेखि लागू हुनेगरी सातामा सात घण्टा लोडसेडिङ घटाएको हो। सात घण्टा लोडसेडिङ घटेपछि अब सातामा ७० घण्टामात्र लोडसेडिङ हुनेछ।

केहि दिनदेखिको निरन्तर बर्षाका कारण नदीहरुमा पानीको जलस्तर बढेको र विद्युत उत्पादन केही बढेको कारण लोडसेडिङ घटाउन लागिएको प्राधिकारणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिएका छन् ।

तालिका हेर्नुहोस

 

LIVE TV