७ जेष्ठ २०७३, शुक्रबार

PM-Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका खानीजन्य पदार्थको उत्खनन र उपयोगका लागि अधिकतम तीव्रताका साथ काम भइरहेको दाबी गनुभएको छ । उहाँले जमिन मुनिको धनको पनि पत्तो लागेकोले अब नेपालको आर्थिक विकासमा यस्ले बलियोरुपमा सहयोग पुर्याउने बताउनुभयो ।

शुक्रबारदेखि राजधानीमा सुरु जेम्स एन्ड ज्वेलरी एक्सपो उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक हिसाबले नेपाल धनी भएपनि जमिन मुनि पनि धन छ भन्ने  पत्ता लागिसकेकाले अब त्यसलाई अधिकतम उपयोग गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेपालमै रहेको बहुमूल्य पत्थर माटोको मूल्यमा निर्यात भइरहेको भन्दै अब प्रशोधन गरी बढीभन्दा बढी मूल्यमा बिक्री गर्ने बताउनु भयो । उहाँले ३ बर्षभित्र सबै बहुमल्य रत्न पत्थर तथा सबै खानीजन्य पदार्थको अन्वेषण गरी उत्खननमा लाग्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष पशुपति मुरारकाले नेपालमै रहेको बहुमूल्य पत्थरको सदुपयोग गर्ने सके आर्थिक क्षेत्रमा मात्र नभई सिंगो राष्ट्रलाई टेवा पुग्ने बताउनु भयो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी हस्तकला महासंघले संयुक्त रुपमा एक्स्पो आयोजना हो । जेम्स एन्ड ज्वेलरी एक्स्पोमा तीन दिन आइतबारसम्म छ । मेलामा सुनचाँदी र पत्थरका आकर्षक गरगहना प्रर्दशनीमा राखिएका छ ।

 

LIVE TV