
राजधानीमा आयोजीत एक कार्यक्रममा चलचित्र संघको ४३ औं साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा उप प्रधान एवं परराष्ट्र मन्त्री कमल थापा थिए । प्रमुख अतिथि मन्त्री थापाले कार्यक्रमको सुभराम्भ गर्दै नेपाली सिनेमालाई स्थानीय कर मिनाहाका लागी मन्त्रालय बाट पहल गरीदिने बताएका छन् । साथै राज्यले सिनेमाको समस्य समाधान गर्न हर सम्भव प्रयास गर्ने पनि बताए ।
उक्त कार्यक्रममा प्रदर्शक संस्था चलचित्र संघले बक्स अफिसको स्थापना पहिलो प्राथमिकतामा हुने बताएको छ । साधारण सभाका अध्यक्ष नकिम उदिनले उक्त कुरा बताएका हुन् । साथै उनले “इ टिकेटिङ हाम्रो मुख्य एजेण्डा हो,हामी यस तर्फ सक्रिय छौं । अहिलेको मुख्य प्राथमिकता यसैलाई भन्नु पर्छ” उनले भने । ८० प्रतिशत घरेलु फिल्म बजार नेपाली सिनेमाले ओगटेको पनि उनले सुनाएका थिए । साथै उनले ४ सय भन्दा बढि हलहरु अहिले घटेर १४० वटामा झरेको तथ्याङक पनि प्रस्तुत गरे ।
उक्त कार्यक्रममा उपस्थित भएका चलचित्र बिकास बोर्डका अध्याक्ष राज कुमार राईले सिनेमालाई उत्पादन मुलक उद्योगको रुपमा स्थापनाका लागी पहल गर्न वाणिज्य महाँसंघलाई आग्रह पनि गरे । यसै कार्यक्रमका बिच फिल्मकर्मी गोपाल कायस्थ,अर्जुन श्रेष्ठ र मधुसुदन प्रधानलाई सम्मानीत गरीए ।