७ जेष्ठ २०७३, शुक्रबार

फिल्म रीलिजको लागि नयाँ बर्षको शुरुवात अर्थात बैशाख महीनालाइ राम्रो समयको रुपमा लिइदै आएको छ ।राम्रा र पुराना ब्यानरका फिल्मले बैशाख महीनाको रीलिजको लागि लामो समय देखी कुरेर बसेको उदाहरण थुप्रै रहपनि यो बर्षको बैशाख भने प्राय फिल्म मेकरहरुको लागि सुखद रहेन ।गत बर्षको अन्त्यका अर्थात चैत्रको २६मा रीलिजमा आएका दुइ फिल्म रामप्यारी र नाइ न भन्नु ल ने बक्स अफिस बाट आफ्नो लगानी सुनिस्चीत गरेको जानकारी आएपनि नयाँ बर्षको आगमन संगै रीलिजमा आएका फिल्मले दर्शकको सोचे जस्तो साथ पाएनन ।

03

उत्कल थापाको निर्देशन र सुसन प्रजापतिको निर्माण रहेको फिल्म जंगेले प्रस्तुत गरेको आधुनिक जंग बहादुरको कुटीलताले हलमा प्रभाब देखाउन सकेन ।जंगे संगै प्रदर्शनमा आएको अनुभबि निर्माता शेखर कोइरालालाइ पनि फिल्म बाजिगरले बिगतका फिल्म जस्तो सफलता दिन सकेन ।

02

पहीले ब्यबशायिक सफलता पाएको फिल्म बाटो मुनिको फुलको सिक्वेल फिल्म बाटो मुनिको फुल २ र हाउफन्नीले पनि ठीकै ब्यापार गरेको रीपोर्ट आएपनि लगानी उठ्नै पनि करीब करीब मुस्कील रहेको बताइन्छ ।

04

बैशाख २४ मा प्रदर्शनमा आएका फिल्म रोल्पा रोग,आवारा र उहीले बाजेको पालामा लाइ दर्शकको औशत भन्दा अलि कमनै चासो देखाएको पाइयो ।बैशाख महीनाको अन्त्य तिर प्रदर्शनमा आएका फिल्म के म तिम्रो होइन र अनि बिरानो माया फिल्म मध्म बिरानो माया एक साता पनि नपुग्दै धेरै हल बाट उत्रि सकेको छ भने के म तिम्रो होइन र फिल्म अझै केही हल हरुमा प्रदर्शन भइ रहेको हुदा के म तिम्रो हौनरको बास्तबिक रीपोर्ट आउन बाँकी नै रहेको छ ।यसरी बर्षको शुरुवातमा प्रदर्शनमा आएका यि फिल्महरुले फिल्म इन्डष्ट्रीमा उत्साह थप्ने काम गरेनन ।

01

LIVE TV