७ जेष्ठ २०७३, शुक्रबार

प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद रहेका छन् ।

चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएकाे घोषणा नेकपाएमालेका सचिव योगेश भट्टराईले गरे ।

th

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिएका छन् ।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित भए । बाँकी सदस्यको निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिए ।

 

LIVE TV