
कालिकोटमा भारी वर्षासँगै आएको पहिरोमा परि ४ जनाको मृत्यु भएको अन्य तीन जना भने बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि कालिकोट स्थिति जिल्ला अस्पताल ल्याइएको छ । अविरल परेको वर्षाका कारण जिल्लाको कोटवाडा गाविसमा पर्ने गजबजार र लालिघाटमा पहिरो गएको हो ।
गत विहीवार कालिकोट र दैलेख जिल्लाको सीमाना दैखोलामा आएको बाढीले एक जनाको मृत्यु भएको थियो भने डेढ करोडभन्दा माथिको क्षति भएको थियो । १ हप्ता नबित्दै कालिकोटमा पनि बाढी आएको छ ।