७ जेष्ठ २०७३, शुक्रबार

एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरिएको छ ।

तात्यो माओवादीआजको जनआह्वान साप्ताहिकमा खबर छ । बिहिबार दिउँसो राजधानीको बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रमकाबीच नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले नयाँ नामसहितको एकीकृत पार्टीको घोषणा गरे । थापाले ‘नेकपा माओवादी केन्द्र’ नामको एकीकृत पार्टी घोषणा गर्दा कार्यक्रम हल नेता कार्यकर्ता तथा शुभेच्छुकको तालीले गुञ्जायस भएको थियो ।

बिहिबार बसेको माओवादी एकता संयोजन समितिको बैठकले एकीकरण पछिको नयाँ पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राख्ने प्रस्ताव गरेको थियो ।सो प्रस्ताव एकताको औपचारिक घोषणा हुनुअघि बसेको संयुक्त महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको एक नेताहरुले बताएका छन् ।

एकीकृत हुनेहरुमा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, रामबहादुर थापा नेतृत्वको क्रान्तिकारी माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीका विद्रोही समुहलगायत रहेका छन् ।

एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुँदा बादल महासचिव बन्ने सहमति भएको छ ।उपमहासचिव कृष्णबहादुर महरा बन्ने मोटामोटी सहमति बनिसकेको छ । यसैरी सचिवमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देब गुरुङ, पम्पा भुसाल, जनार्दन शर्मालगायत आकांक्षी रहेपनि टुंगो लागिनसकेको बताइएको छ । पदीय बाँडफाँडबारे क्रमश निर्णय लिइने बताइएको छ।

 

LIVE TV