७ जेष्ठ २०७३, शुक्रबार
छतिवन बुडरकी १५ वर्षीया नन्दा जेठारालाई बिहे गर्न अभिभावकको चर्को दबाब छ । कान्तिपुर दैनिकमा समाचार छ ।
 marreid
तर उमेर नपुग्दै बिहे गर्दा फुपुकी छोरी सरस्वति रावलले ज्यान गुमाउनु परेको घटना भुल्न नसकेकी नन्दाले कलिलैमा बिहे नगर्ने अडान लिएकी छिन् ।
बिहेको एक वर्ष नपुग्दै गर्भवती भएकी सरस्वतिको बच्चा जन्माउन नसक्दा घरमै मृत्यु भएको थियो।मरे पनि अहिले बिहे गर्दिन भनेर अडान कसेकी छु, नन्दाले बीपीनगरमा बालबालिका सम्बन्धी अन्तर्क्रियामा संचारकर्मीसँग भनिन् बिहे गर्नुपर्ने डरले बाध्य भएर सकीनसकी अभिभावकले भने अनुसार घरकै काम गरिरहेको छु ।

LIVE TV