७ जेष्ठ २०७३, शुक्रबार
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पुनः भारत भ्रमणमा जाने भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
 kamal thapaदक्षिण एसिया विश्व विद्यालयको दिक्षान्त कार्यक्रममा सहभागिताको लागि उनको यो भ्रमण हुन लागेको भए पनि विशेष गरि सम्वन्ध सुधारकै लागि उपयोग गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।
दिक्षान्त सम्मेलन सहभागी हुन एक दिन अघि उनी दिल्ली जाने प्रारम्भिक तयारी  छ । यसअघि उनी शनिबार टर्की जाने तयारीमा छन् । राष्ट्रसंघको मानविय विश्व सम्मेलनमा सहभागि हुन उनी टर्की जान लागेका हुन । सम्मेलन सोमबार र मंगलबार हुनेछ । सम्मेलन सकेर उनी टर्कीबाटै इजरायल जाने र त्यहा उच्चस्तरको भेटघाटमा सरिक हुनेछन ।

LIVE TV