६ जेष्ठ २०७३, बिहीबार

बिकास बजेटमा राजनीतिक दलको नामै किटेर बाँडफाँड

akhitar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीका सरकारी कार्यालयमा छापा मारेको छ । सरकारमा सहभागी दलको हैसियतको अधारमा  बिकास बजेट भागबण्डा भएको गुनासो बढेपछि अख्तियारीले छानवीन सुरु गरेको हो ।

आर्थिक वर्षको अन्त्य हुनै लाग्दा जिल्ला विकास समितिले बिकास बजेटमा राजनीतिक दलको नामै किटेर बाँडफाँड गरिएको थियो । श्रोतका अनुसार अहिले सर्लाहीका जिबिस, गाबिस र नगरपालिकामा अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडा र बर्दिवासबाट गएको अनुगमन टोलिले कागज पत्र नियन्त्रणमा लिएर छानवीन सूरु गरेको छ ।

सर्लाही सदरमुकाम मलंगवामा रहेको जिबिस र आसपास क्षेत्रका गाउँ विकास समितिहरुको अनुगमनका लागि खटिएको टोली अझै केही दिन रहने बताईएको छ । आर्थि वर्षको अन्त्यमा आएर प्राय कागमा मात्र बिकास हुने सर्लाहीको दक्षिणी क्षेत्रमा यस वर्ष अख्तियारले छानबिन सुरुगरे पछि  बिकास बजेटको २५ प्रतिसत मात्र रकम खर्च हुने सम्भावना रहेको छ ।

LIVE TV