६ जेष्ठ २०७३, बिहीबार

egypt

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलान्डले एक सम्वोधन मार्फत बताएका छन् ।

लाइट एमएस ८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् । कायरोको स्थानीय समय अनुसार बिहान २.४५ बजे बिमानको राडारसँग सम्पर्क टुटेको थियो । बिमान ३७ हजार फिट माथि उडिरहेको बेला एक्कासि राडारसँग सम्पर्कविहीन भएको एयरलाइन्सले जनाएको थियो । राष्ट्रपति ओलान्डका अनुसार हालसम्म प्राप्त सबै सूचनाका आधारमा उक्त विमान दुर्घटनामा परेको पुष्टि भएको बताएका छन् । उनका अनुसार अहिले भूमध्य सागरमा विमानको खोजी भइरहेको छ । विमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो ।

बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडि सम्पर्कबिहीन भएको हो । एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर प्रवेश गरिसकेपछि विमान सम्पकविहीन भएको हो । विमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ ।

विश्वभरका विमानको ट्रयाक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त विमान एयरबस ए ३२० हो । मार्चमा पनि इजिप्ट एयरको विमान अपहरण गरी साइप्रस पु¥याइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए ।

 

 

LIVE TV