६ जेष्ठ २०७३, बिहीबार

pme

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र नेपालले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्ने गरी आत्मनिर्भरको बाटोमा सरकार अघि बढेको बताएका छन् ।

उनले नेपालले लामो समय दक्षिणी छिमेकीको तेल प्रयोग गरेको र उत्तरी छिमेकीको पनि प्रयोगको आश गर्नुपरेको सन्दर्भमा सरकारले स्वदेशमै तेल खानीको दैलेखमा अन्वेषण गरिसकेको बताए ।

उनले नवलपरासी जिल्लामा मुलुकको वार्षिक बजेटभन्दा बढी १० अर्ब आय हुने फलाम खानीसमेत फेला पारिसकेको जानकारी दिए ।

मुलुकले लोकतान्त्रिक संविधान पाइसकेकाले अब तीव्र आर्थिक विकास हुने गरी सरकारले बजेट ल्याउने र जनतामा आशा जगाउने काम गरिरहेकाले वृद्धिजीवी र पत्रकार वर्गले त्यसलाई सकारात्मक रुपमा बुझिदिनुपर्ने उनको आग्रह थियो ।

oil nepal

LIVE TV