६ जेष्ठ २०७३, बिहीबार

z2

काठमाडौँ-एकीकृत माओवादी सहित १० माओवादी घटकहरुबीचको एकता घोषणा बिहीबार गरिएको छ । एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ ।

नवघोषित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पराजयको दिन अब सकिएको दाबी गर्नुभएको छ ।

१० वटा माओवादी पार्टीबिच एकता भएको घोषणा गर्दै अध्यक्ष प्रचण्डले माओवादीको पराजयको दिन सकिएर अब विजय सुरुवात भएकोे  बताउनुभयो । माओवादी विभाजित हुँदा पार्टीलाई मात्र नभएर देशलाई नै असर परेको भन्दै उहाँले पार्टी एकताले देशको संकट समेत टर्ने बताउनुभयो ।

z1

शान्ति प्रक्रियापछि माओवादी टुक्रिदा सहिद बेपत्ता परिवालाई दिने कुनै जवाफ नरहेको भन्दै अध्यक्ष प्रचण्डले अब उनीहरुका घरघरमा जाने पनि बताउनुभयो । उहाँले केही महिनाभित्र पार्टीलाइ शान्ति प्रक्रियामा आउँदा खेरीको जस्तै सक्रिय बनाउने दाबी पनि गर्नुभयो ।

एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट माओवादी केन्द्र राखिएको पार्टीमा केन्द्रीय सदस्यको संख्या ६ सय ९९  हुनेछ । एक बर्ष भित्रमा महाधिवेशन गर्ने पनि कार्यक्रममा घोषणा गरिएको छ ।

चार वर्षअघि एकीकृत माओवादीबाट फुटेको नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादल सहितका बहुमत केन्द्रीय सदस्य, मातृका यादव नेतृत्वको नेकपा माओवादी लगायतका पार्टीबिच एकता भएको हो ।

z3

x1 x2  x4

x3

LIVE TV