६ जेष्ठ २०७३, बिहीबार

nepse

साताको अन्तिम दिन शेयर विहिवार बजार सामान्य बढेपनि कारोबार रकम भने अर्ब नाघेको छ । विहिवार दिउँसो १५ सय नाघेको परिसूचक सामान्य २ दशमलव ९१ अंकको वृद्धिसँगै १ हजार ४ सय ९९ दशमलव ३२ अंकमा कारोवार भएको छ ।

दिनभरिमा १ सय ३४ वटा कम्पनिको १९ लाख ६३ हजार १ सय १७ कित्ता शेयर ५ हजार ३ सय ४५ पटक खरिदविक्रि हुँदा १ अर्ब ८ करोड ५६ लाख ९१ हजार ९४ रुपैँयाको कारोबार भएको छ । नेशनल लाइफ  इन्स्योरेन्सको सबैभन्दा धेरै ९ करोड ८५ लाख ९३ हजार ४ सय १४ रुपैँयाको शेयर कारोबार भएको छ भने एनबी बैँक र सेन्चुरी कमर्सियल बैँकको ५ करोडमाथिको कारोबार भएको छ ।

उत्पादनमूलक र अन्य बाहेक विहिबार कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह ३३.९२ अंकले बढेको छ भने जलविद्युत्, विकास बैँक, फाइनान्स, होटल र वाणिज्य बैँक समूह क्रमशः ८.८, ६.८२, ५.९३, ३.४३ र १.३४ अंकले बढेका छन् । उत्पादनमूलक समूह ३४.६६ अंकले घटेको छ भने अन्य समूह स्थिर रहेको छ ।

 

LIVE TV