६ जेष्ठ २०७३, बिहीबार

a2

हाम्रो फिल्म ईन्डष्ट्रिको बजार सानो भए पनि केहि बर्ष यता अन्तराष्ट्रिय स्तरका फिल्महरु पनि निर्माण हुन थालेका छन् । त्यस्तै सम्भावना बोकेको फिल्म ‘एक्शन’पनि निर्माण भएको छ । उक्त फिल्मलाई चिरायु फिल्मस्को ब्यानरमा दिपेन्द्र कोईराला र शर्मिला तामाङ गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

उक्त फिल्म यहि जेष्ठको १४ गते बाट सम्पुर्ण दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्मले आफ्नो उदेश्य प्राप्त गर्नका निम्ती एक्शन लिएर अघि बढ्नु पर्छ भन्ने सन्देश दिने छ । त्यस्तै फिल्ममा शिब श्रेष्ठ र मार्शलआर्ट खेलाडी प्रमोद दिपकोे पुर्ण एक्शन अवतार हेर्न पाईनेछ । साथै नायक श्रेष्ठ पहिलो चोटि ‘एक्शन’फिल्ममा नेगेटिभ भुमिकामा देखिदैछन् । पुराना तथा पाका कलाकार भए पनि अभिनेता शिब श्रेष्ठको क्रेजहरु धेरै रहेका छन् । त्यसैले ‘एक्शन’फिल्म नायक श्रेष्ठ र फ्यानहरुका लागी बिषेश फिल्म हरेको छ ।

फिल्मको संगीत प्रह्लाद बोगटीले दिएका छन् । कुमार महर्जनले द्धन्द निर्देशन गरेका छन् । फिल्मका लीड कलाकार प्रमोदका अनुसार फिल्म सन्देश मुलक रहेको छ । मार्शलआर्ट खेलाडि समेत रहेका नायक प्रमोदले फिल्ममा आफ्ना केहि स्टन्टहरु पनि हेर्न पाईने बताएका छन् । फिल्ममा नायक प्रमोदले अन्यायको बिरुद्धमा उभिने एक सच्चा देश प्रेमिको भुमिकामा अभिनय गरेको बताउँदै सम्पुर्ण दर्शकहरुलाई फिल्म हलमा गएर हेरीदिन पनि आग्रह गरेका छन् ।

a4

फिल्म ‘एक्शन’लाई राजु अर्यालले निर्देशन गरेका हुन् । साथै फिल्मको स्क्रीप्ट राईटर पनि निर्देशक अर्याल नै रहेका छन् । फिल्ममा एक्शन किङ शिब श्रेष्ठ र मार्शलआर्ट खेलाडी प्रमोदको पुर्ण रुपमा मनोरञ्जनका साथै एक्शन अवतार रहेको बताएका छन् । त्यस्तै निर्देशक अर्यालका अनुसार फिल्म मनोरञ्जनात्मक र एक्शन प्रदान मात्र नभएर सन्देश मुलक पनि रहेको बताए । साथै फिल्मलाई नेपालमा प्रदर्शन गरीसकेपछि अमेरीका,अष्ट्रेलिया र युरोपका विभिन्न देशरुमा पनि डिमाण्ड आए अनुसार प्रदर्शनको लागी लगीने पनि बताएका छन् ।

a3

फिल्मको आफ्नो गन्तब्यमा पुग्नका निम्ति हरेक युवाले एक्शन लिनु पर्छ भन्ने सन्देश बोकेको फिल्म ‘एक्शन’लाई आर आर फिल्मस् र ओम श्री बज्रयान पिक्चर्सले बितरण गर्नेछन् । फिल्ममा शिब श्रेष्ठ,प्रमोद दीप,जेनिशा केसि,कसम गुरुङ लगाएत कलाकाहरुले अभिनय गरेका छन् ।

LIVE TV