६ जेष्ठ २०७३, बिहीबार

lagani bord

लगानी वोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृतको छनौट प्रकृया अन्तिम चरणमा पुगेको छ ।  वोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृतको छनौटमा परेको ४ जना प्रत्यासीहरु मध्येबाट १ जनाको नाम मन्त्रिपरिषदको वैठकले चयन गर्ने भएको छ ।

लगानी वोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृतको लागि ४ जना प्रत्यासीहरु राधेश पन्त, नेपाल राष्ट्र बैकका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारी, डा सरोज कोइराला र रमेश बास्तोलाले आ आफनो ब्यवसायिक प्रस्ताव छनौट समिति समक्ष पेश गरेका छन । छनौट समितिले सिफारिस गरेको ३ जना मध्येबाट एक जनालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रधानमन्त्री कार्यलयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनु भयो ।

लगानी वोर्डका बर्तमान सिइओ राधेश पन्तको ४ बर्षे कार्यकाल पुरा भइसकेको कारणले गर्दा प्रधानमन्त्री कार्यलयले नयाँ प्रमुख कार्यकारी अधिकृतको चयन गर्न लागेको हो । लगानी वोर्डमा हाल करीव ५ खर्व ६५ अर्व बराबरको केमिकल फर्टिलाइजर प्लान्ट, फोहरमैला ब्यवस्थापनको  इन्ट्रिग्रेटेड प्रोजेक्टस, अपर कर्णाली,अरुण जलस्रोत परियोजना, अपर मस्याङदी,तामाकोशी तेस्रो, वेष्ट सेती ७ सय ५० मेघावाट र राष्ट्रिय तथा बहुराष्ट्रिय लगानीकर्ता मध्येवाट ४ वटा सिमेण्ट कारखानाहरु रहेको छन । लगानी वोर्डमा नयाँ कार्यकारी अधिकृतको नियुक्तीसगै सरकारले सो परियोजनाहरु अघि बढाउने तयारी गरेको छ । सरकारले जति सक्दो चाँडै नयाँ प्रमुख कार्यकारी अधिकृतको चयन गर्न लागेको  प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

 

LIVE TV