६ जेष्ठ २०७३, बिहीबार

फ्रान्सको पेरिसबाट इजिप्टको कायरोको लागि उडेको इजिप्ट एयरको विमान हराएको छ । पेरिसको स्थानीय समय राती ११ बजेर ९ मिनेट जाँदा पेरिसबाट उडेको विमान रडारबाट संर्पक विहिन भएको कम्पनीले जनाएको छ ।

su-gca-egyptair-airbus-a320-232_PlanespottersNet_299465कलसाइन एमएस ८०४ भएको  विमानमा ५९ यात्रु र १० जना चालकदलका सदस्य रहेको बताइएको छ । विमान कम्पनीका अनुसार इजिप्सियन हवाई क्षेत्रको १० माइल क्षेत्रभित्र विमान प्रवेश गरेको केही बेरमा नै विमानसँग सम्पर्क टुटेको थियो । इजिप्सियन हवाई क्षेत्र प्रवेश गर्नभन्दा ८० माइल अघिसम्म विमान ३७ हजार फिटको उचाईंमा उडिरहेको थियो ।

कम्पनीले यसबारे थप जानकारी दिने बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ । यसअघि इजिप्ट एयरको विमान गत मार्चमा नाटकीय अपहरणमा परेको थियो ।

LIVE TV