६ जेष्ठ २०७३, बिहीबार
unराष्ट्रसंघअन्तर्गत रहेर शान्ति सेनामा खटिने क्रममा वीरगति प्राप्त गरेका दुई नेपाली सैनिकसहित एक सय २८ जनालाई राष्ट्रसंघले सम्मान गर्ने भएको छ । जेठ १६ मा शान्ति सेना दिवसको अवसरमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा आयोजना हुने विशेष कार्यक्रममा त्यस्तो सम्मान दिन लागिएको हो । कान्तिपुर दैनिकमा समाचार छ।
सम्मानित हुने नेपालीहरूमा केहरसिंह थापा र बलबहादुर नेपाली छन् । थापाको सुडानको डार्फर र नेपालीको कंगोमा शान्ति सेनामा खटिएका बेला मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको आहवानमा विभिन्न देशमा शान्ति स्थापनाका लागि उल्लेखनीय योगदान पुर्‍याउने प्रहरी र सर्वसाधारणलाई सम्मान गर्ने उल्लेख छ ।

LIVE TV