५ जेष्ठ २०७३, बुधबार

आउदो जुलाईमा ब्राजिलमा हुने रियो ओलम्पिक अन्तरगत विभिन्न ६ खेलका ३१ जना खेलाडीलाई प्रतिबन्ध लाग्न सक्ने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले जनाएको छ । रियो ओलम्पिक २०१६ मा सहभागी हुने विभिन्न ३१ जना खेलाडीलाई रियो ओलम्पिक खेलमा प्रतिबन्ध लाग्न सक्ने आइओसीले जनाएको हो ।

सन् २००८ मा बेइजिङमा भएको ओलम्पिकको ४ सय ५४ डोपिङ परीक्षण पछि आइओसीले यस्तो संकेत दिएको हो । आईओसीले सन् २०१२ मा लण्डनमा भएको ओलम्पिकबाट २ सय ५० नमुना परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको पनि जनाएको छ । आईओसीका अध्यक्ष थोमस बाचले आइओसीको यो प्रक्रियाले खेलमा झेल गरेर जित्ने खेलाडीहरुका लागि शक्तिशाली कदम भएको बताएका छन् ।

उनले कुनै पनि हालमा डोपिङ गर्ने खेलाडीलाई राहत नमिलोस् भन्नका लागि उनीहरुको नमुना १० वर्ष सम्म राख्ने पनि जनाएका छन् । आइओसीले नयाँ वैज्ञानिक तरिकामार्फत परीक्षण गरेको जनाएको छ । अहिले बल्ड एन्डी डोपिङ एजेन्सी बाडाले पनि लुकिरहेको खेलाडीहरुको डोपिङ टेष्टका लागि अनुसन्धान गरिरहेको जनाएको छ ।

 

LIVE TV