५ जेष्ठ २०७३, बुधबार

भोजपुरलाई खेलाडीको उर्वर भूमी ने भने पनि फरक पर्दैन ! भोजपुरमा जन्मिएर भोजपुरको मात्र नभई राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको नाम चिनाउने खेलाडी उल्लेखनीय रुपमा प्रसस्त छन् । ती मध्ये अल्ट्रा धाविका मिरा राई, व्याडमिन्टन खेलाडीहरु नंसलादेवी तामाङ्ग, विकास श्रेष्ठ, सरादेवी तामाङ्ग, विवेक श्रेष्ठ उदाहरणीय छन् । तर भोजपुरे खेलाडीहरु प्रतिभाका जति धनी भएपनि खेलकुदका लागिआवश्यक भौतिक पुर्वाधारको अभावमा भोजपुरले थप खेलाडीको उत्पादनमा न्यायपूर्ण भूमिका भने खेल्न सकेको छैन । एक रिपोर्ट

खेलकुदको विकास र विस्तारका लागि सरोकारवाला निकायको उदासिनताका कारण भोजपुरे खेलाडी प्रतिभा देखाउने स्थानको अभावले पिरोलिदै आएका छन् । प्रत्येक वर्ष खेलकुदको विकासमा सरकारले बजेट छुट्याए पनि सरोकारवाला निकायले आँखामा छारो हाले सरहमात्र गर्ने गरेकोले सुरु गरिएका कतीपय योजना अलपत्र अवस्थामा छन् ।

भोजपुरमा हाल सम्म फुटबल मैदान समेत बन्न सकेको छैन । निर्माणाधीन रंगशाला बजेट अभावका कारण निर्माण पुरा हुन सकेको छैन भने ब्याटमिन्टन खेलका लागि एक मात्र कबर्ड हल बजेटको अभावले निर्माण सुरु भएको एक  बर्ष बिती सक्दा पनि सम्पन्न हुनसकेको छैन । भोजपुरले म्याराथन दौडका लागी भौगोलिक रुपमा राम्रो सम्भावना बोकेपनि अन्तर्राष्ट्रिय स्तरमा वर्चश्व कायम भैसक्दा समेत यसका लागी सरकारले कुनै चासो दिएको छैन ।

सानो मैदानमा अभ्यास गरेर बाहिर गएर ठूलो मैदानमा खेल्दा खेलाडीहरुलाई क्षमता प्रदर्शन गर्न समस्या हुने गरेको छ । भोजपुरमा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या हुँदै आएको छ ।

खेलकुद क्षेत्रमा विश्व कीर्तिमानी कायम गरेको भोजपुरमा खेलकुदको भौतिक पुर्वाधार विकासका लागी आवश्यक बजेट र नीति निर्माणमा ध्यान दिन सके भोजपुरले मुलुकको खेलकुद विकासमा उल्लेखनीय योगदान दिन सक्नेमा दुई मत हुन सकदैन ।

 

LIVE TV