४ जेष्ठ २०७३, मंगलवार

मलेशियाको क्वालाम्पुरमा हुने ईनौगुरल केपिडी अन्डर १५ ट्राई सिरिज क्रिकेट २०१६ मा सहभागी हुने वालुवाटार क्रिकेट क्लबका खेलाडीलाई मङगलबार विदाई गरिएको छ । बालुवाटार क्रिकेट एकेडेमीले एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई विदाई गरेको हो । सहभागी खेलाडीलाई क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र वालुवाटार क्रिकेट क्लबका अध्यक्ष उपेन्द्र भट्टराईले एक कार्यक्रमबीच विदाई गर्नुभयो । विदाई र शुभकामना ब्यक्त गर्दै पूर्व अध्यक्ष पाण्डेले नेपाली क्रिकेट सबैको प्रिय बन्दा यस्को भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

त्यस्तै नेपाली राष्ट्रिय टिमका कप्तान खड्काले बालुवाटार क्रिकेटबाट विभिन्न राष्ट्रिय खेलाडीको उदय भएको बताउदै सवै क्रिकेट क्लवहरुले राम्रो प्रायोजन पाएको खण्डमा क्रिकेटको विकास हुने विश्वास व्यक्त गर्दा वालुवाटार क्रिकेट क्लबका अध्यक्ष भट्टराई नेपाली क्रिकेटको इतिहास मर्म स्पर्शी रहेको बताउनुभयो ।

ईरफान खानको कप्तानीमा रहेको टोलीमा युगेन शेरचन, निमेस सिंह सिलबाल, सुरेन्द्र बस्नेत, प्रकट शेरचन, सन्दीप श्रेष्ठ, देभास आचार्य, अरुण खड्का, आश्रय पिया, रेभेन्ट शर्मा, अमृत सिह घले रहेका छन् । साथै टोलीमा सवैभन्दा कम उमेरका आदित्य बजारा १० बर्षका रहेका छन् । सहभागी १२ खेलाडी, प्रशिक्षक र व्यवस्थापकको टोली बुधबार मलेसिया प्रस्थान गर्ने बालुवाटार क्रिकेट क्रिकेट एकेडेमीले जनाएको छ । प्रतियोगिता मे १९ देखि २२ सम्म अर्थात जेष्ठ ६ देखि नौ गतेसम्म हुनेछ ।

 

LIVE TV