४ जेष्ठ २०७३, मंगलवार

KP_Sharma_Oli_at_CAप्रधानमन्त्री केपी ओलीले संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलन जारी रहे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

‘सडकमा उभिएर दुई–चारजना मान्छेले ट्राफिक जाम गरेका छन्,’ २३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा ओलीले भने, ‘सरकारले एक–दुई दिन मात्र छुट दिन्छ, त्यसपछि चुप लागेर बस्दैन ।’

जायज माग सुन्न र पूरा गर्न आन्दोलनको आवश्यकता नरहेको भन्दै उनले मधेसका नाममा मधेसी जनतालाई दु:ख दिएका कारण त्यहाँबाट लखेटिएपछि काठमाडौंमा आन्दोलन सुरु गरेको दाबी गरे ।

LIVE TV