३ जेष्ठ २०७३, सोमबार

फिल्म ‘म त तिम्रै हुँ’को फस्टलुक रिलीज भएको छ । रिलीज गरिएको उक्त पोष्टरमा फिल्मका लीड कलाकार आकास श्रेष्ठ र ज्योत्साना योगीलाई रोमान्टिक लुक्समा देख्न सकिन्छ । फिल्मलाई अभिनेत्रि सुस्मिता केसिले निर्माण गरेकी हुन् ।

ma timrai hu first look

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फिल्मलाई श्रीराम महतले निर्देशन गरेका हुन् । त्यस्तै हर्कुलस बस्नेतले संगीत भरेका छन् । फिल्म नायक अनमोल केसिको ब्यानरमा निर्माण गरीएको हो । फिल्म साउन ९ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ ।

‘म त तिम्रै हुँ’फिल्मको कथा पनि निर्मात्री सुस्मिता केसिले नै लेखेकी हुन्, भने कृष्ण आचार्यको पटकथा संवाद रहेको छ । हिमाल केसिको द्धन्द निर्देशन रहेको छ । त्यस्तै फिल्मलाई सौरभ लामाले छायाङकन गरेका छन् ।
साउनको ९ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउँदै गरेको ‘म त तिम्रै हुँ’फिल्ममा आकास श्रेष्ठ,ज्योत्साना योगी,जीवन भट्टराई,सुस्मिता केसि,अनुपम श्रेष्ठ, सुसिल काफ्ले लगाएत कलाकारहरुले अभिनय गरेका छन् ।

LIVE TV