३ जेष्ठ २०७३, सोमबार

ख्यातिप्राप्त व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न सरकारले औपचारिक निर्णय गर्नुपर्ने प्रावधान छ । नयाँ पत्रिकामा समाचार छ।

sonkchhi-in-nepal-तर, बलिउड अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नेपाली सेनाको ठाडो आदेशमा भिआइपी कक्ष प्रयोग गर्न दिइएको छ ।

अमरपक्षी नामक नृत्य कार्यक्रममा सहभागी हुन उनीहरू ३० वैशाखमा नेपाल आएका थिए । उनीहरूले आउँदा–जाँदा भिआइपी कक्ष प्रयोग गरेका हुन् । सरकारको निर्णयविनै भिआइपी कक्ष प्रयोग गर्न दिइएपछि सो विषय विवादमा परेको छ ।

सैनिक श्रीमती संघ सैनिकका श्रीमतीहरूको छाता संस्था हो, जसको औपचारिक हैसियत छैन, तर शक्तिशाली छ । ‘सैनिक श्रीमती संघ एउटा संस्था हो, जो कल्याणकारी कार्यमा समर्पित हुँदै आएको छ । सशस्त्र, नेपाल प्रहरीजस्तै हाम्रोमा पनि छ, यो भारतीय सेनामा पनि छ,’ सैनिक प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘भूकम्पपीडितको सहयोगका लागि यो कार्यक्रम आयोजना भएको हो । यसमा अर्को संस्था पनि संलग्न छ । कलाकार श्रीमती संघले होइन, अर्को आयोजक अल्फाइन ग्लोले बोलाएको हो ।’

LIVE TV