
फाइल फोटो
भारतले उडाएको एउटा शंकास्पद उपकरण मंगलबार नेपाली भूमिमा दुर्घटनााम परेको छ ।
भारतले मौसम प्रक्षेपण गर्नका लागि भन्दै उडाएको मानवरहित एक भूउपग्रह अछाममा दुर्घटनामा परेको हो ।
भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालबाट उडाइएको सानो आकारको मानवरहित भूउपग्रह अछामको बलाता गाविसस्थित भिमडमा आइतबार दुर्घटनामा परेको हो ।
बलाता–५ भिमडका चेतमानसिंह थापाले घर नजिकै शंकास्पद बस्तु खसेको खबर गरेपछि सोमबार घटनास्थलमा पुगेको प्रहरीले भारतबाट उडाइएको भू–उपग्रह भएको निष्कर्ष निकालेको थियो ।
स्थानीयले खबर गरेपछि प्रहरी चौकी ढकारीका प्रहरी सहाक निरीक्षक परी बोहरोको नेतृत्वमा गएको टोलीले भारतबाट अत्याधुनिक बेलुनमार्फत उडाइएको भू–उपग्रह फेला परेको पुष्टि गरेको छ ।
भू–उपग्रहमा लेखिएको सूचनाका आधारमा भारतको नैनीतालबाट यसलाई उडाइएको खुलेको हो ।
उनका अनुसार यो भू–उपग्रह मौसमसम्बन्धी परीक्षणका लागि उडाइएको अनुमान गरिएको छ । प्रहरीका अनुसार उत्तराखण्ड राज्यको नैनीतालबाट यो भू–उपग्रह उडाइएको पत्ता लागेको छ।
दुर्घटनाग्रस्त मानवरहित साना भू–उपग्रह दुर्घटनामा परेपछि जलेर टुक्रा टुक्रा अवस्थामा फेला परेको अछाम प्रहरीले जनाएको छ ।
भारतले उडाएर नेपाली भूमिमा दुर्घटनामा परेको सो भू–उपग्रह प्रहरी चौकी ढकारी ल्याएर राखिएको छ ।